दफा ४४
कानूनी सक्षमता स्वतः प्राप्त गरेको मानिने
दफा ४२ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका निकायले स्वतः कानूनी व्यक्तिको रूपमा सक्षमता प्राप्त गरेकोमानिनेछ:-
(क) नेपाल राज्य,
(ख) नेपाल सरकार,
(ग) सङ्घीय संसद वा व्यवस्थापिका संसद,
(घ) अदालत, संवैधानिक निकाय वा त्यस्ता निकाय अन्तर्गतका कुनै कार्यालय,
(ङ) नेपाल सरकारका मन्त्रालय, सचिवालय, विभाग वा अन्य कुनै सरकारी कार्यालय,
(च) प्रदेश,
(छ) प्रदेश सरकार वा प्रदेश स्तरका सरकारी कार्यालय,
(ज) प्रदेश सभा,
(झ) गाउँपालिका, नगरपालिका वा जिल्ला सभा वा त्यस्ता निकाय अन्तर्गतका स्थानीय तहका सरकारी कार्यालय,
(ञ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको सरकारले कानून बमोजिम स्थापना गरेको आयोग, समिति वा त्यस्तै अन्यनिकाय,
(ट) कानून बमोजिम स्थापना भएका संस्थान, सङ्गठित संस्था वा निकाय,
(ठ) परापूर्वदेखि सञ्चालन भई सम्पत्ति भएका मठ, मन्दिर, देवालय, चैत्य, गुम्बा, मस्जिद, गिर्जाघर, धर्मशाला, पाटी,सत्तल, अन्त्यष्टीस्थल जस्ता सार्वजनिक प्रयोजनको लागि स्थापना भएका संस्था,
(ड) सार्वजनिक प्रयोजनको लागि स्थापना भएको सामुदायिक विद्यालय वा महाविद्यालय वा विश्वविद्यालय ।